Skip to main content

यातायात मन्त्रालयद्वारा तीन अर्ब ४७ करोडभन्दा बढी राजस्व संकलन

 यातायात मन्त्रालयद्वारा तीन अर्ब ४७ करोडभन्दा बढी राजस्व संकलन



जनकपुरधाम, साउन १८ – मधेस प्रदेश सरकारअन्तर्गतको श्रम तथा यातायात व्यवस्था मन्त्रालय, जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा रु तीन अर्ब ४७ करोड १३ लाख ३३ हजार ५७५ राजस्व संकलन गरेको छ।


मन्त्रालयले दिएको विवरण अनुसार, सवारीसाधनको नवीकरणलगायत विभिन्न शीर्षकहरूमा राजस्व संकलन गरिएको हो। मन्त्रालयअन्तर्गतका आठ जिल्लाका यातायात कार्यालयहरूबाट उक्त रकम संकलन भएको जनाइएको छ।


मुख्य संकलन विवरण यस प्रकार छ:


राजविराज यातायात कार्यालयबाट रु ११ करोड ७५ लाख १२ हजार ६६४


लहान यातायात कार्यालयबाट रु ४९ करोड ७५ लाख १७ हजार ७७७


जनकपुरधाम कार्यालयबाट रु ६६ करोड ६ लाख ९८०


बर्दिबास यातायात कार्यालयबाट रु २६ करोड ५१ लाख ५७ हजार



यसरी सबै कार्यालयहरूबाट प्राप्त राजस्व मिलाएर तीन अर्बभन्दा बढी राजस्व संकलन गरिएको हो ।

साभार:गोर्खापत्र

Comments

Popular posts from this blog

सर्प बोट (Snake Plant) घरमै स्वस्थ र बलियो बनाइराख्नका लागि १० महत्वपूर्ण टिप्सहरू

 सर्प बोट (Snake Plant) घरमै स्वस्थ र बलियो बनाइराख्नका लागि १० महत्वपूर्ण टिप्सहरू सर्प बोट (Snake Plant) आफ्नो मजबुतता र वायु शुद्धीकरण क्षमताका कारण घरभित्रको हरियालीका लागि धेरै लोकप्रिय भएको बिरुवा हो। यसको सजिलो हेरचाह र सौन्दर्यले धेरै मानिसहरूको रोजाइमा परेको छ। यदि तपाईंले आफ्नो सर्प बोटलाई स्वस्थ, हरियो र बलियो बनाइराख्न चाहनुहुन्छ भने, यी १० सुझावहरूले तपाईंलाई धेरै सहयोग पुर्‍याउनेछन्: १. पर्याप्त प्रकाश दिनुहोस्: सर्प बोटले प्रत्यक्ष सूर्यको प्रकाश मन पराउँदैन, तर अप्रत्यक्ष उज्यालोमा राम्रोसँग बढ्छ।  २. धेरैपटक पानी नहाल्नुहोस्: यो बिरुवाले सुख्खा माटो सहन सक्छ। माटो पूरै सुकिएपछि मात्र पानी हाल्नुहोस्।  ३. राम्रो निकास भएको गमला प्रयोग गर्नुहोस्: गमलामा पानी जम्ने अवस्था भएमा जराहरू कुहिन सक्छन्। ४. नियमित रूपमा पात सफा गर्नुहोस्: पातमा जम्मा भएको धुलो सफा गर्दा बिरुवा स्वस्थ रहन्छ।  ५. मल चढाउनुहोस्: प्रत्येक २–३ महिनामा हल्का जैविक मल हाल्नाले वृद्धि बढाउँछ।  ६. बिरुवालाई स्थान परिवर्तन नगर्नुहोस्: बारम्बार स्थान परिवर्तन गर्दा बिरुवा तनावमा जान...

भारतमा पहिलोपटक महिलाको कलेजोभित्र भ्रूणको विकास

भारतमा पहिलोपटक महिलाको कलेजोभित्र भ्रूणको विकास, चिकित्सक पनि अचम्ममा बुलन्दशहर (उत्तर प्रदेश), एजेन्सी। भारतको उत्तर प्रदेशमा एक अत्यन्त दुर्लभ मेडिकल घटना सार्वजनिक भएको छ । बुलन्दशहर जिल्लाको दस्तुरा गाउँकी ३५ वर्षीया एक महिलाको १२ हप्ताको भ्रूण पाठेघरमा नभई कलेजोभित्र विकास भइरहेको पत्ता लागेको छ। महिलालाई लगातार बान्ता, अत्यधिक थकान र स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उपचारका लागि अस्पताल लगिएको थियो। प्रारम्भिक अल्ट्रासाउन्डमा कुनै विशेष समस्या देखिएन। तर, एक महिनासम्म औषधि खाए पनि सुधार नदेखिएपछि चिकित्सकले पुनः विस्तृत परीक्षण गर्न सिफारिस गरे। MRI स्क्यानपछि चिकित्सकहरू समेत अचम्ममा पर्ने परिणाम आयो—भ्रूण महिलाको कलेजोको दायाँ भागमा विकास भइरहेको पुष्टि भयो। अझ अचम्मको कुरा, भ्रूणको हृदयधड्कन सक्रिय अवस्थामा देखियो। दुर्लभ घटना विशेषज्ञका अनुसार यस्तो अवस्था medically Intrahepatic Ectopic Pregnancy भनिन्छ। यो विश्वभर अहिलेसम्म जम्मा ८ पटक मात्र रिपोर्ट भएको अत्यन्त दुर्लभ केस हो। भारतमा भने यो पहिलोपटक पुष्टि भएको हो। जोखिम र उपचार कलेजोमा गर्भावस्था हुनु अत्यन्त जोखिमपूर्ण हुन...

सरकार–उखु किसान वार्ता फेरि असफल, आन्दोलन जारी रहने

 सरकार–उखु किसान वार्ता फेरि असफल...!!         photo ©nepalpress          सरकारले उखु किसानसँग गरेको वार्ता पुनः निष्कर्षविहीन भएको छ। शुक्रबार सिंहदरबारमा भएको छलफलमा कुनै ठोस सहमति नजुटेपछि किसानहरूले आन्दोलन निरन्तरता दिने चेतावनी दिएका छन्। उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवका अनुसार, वार्तामा किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको माग राखेका थिए। कृषि मन्त्रालयले यसअघि वार्षिक बजेटमै २ अर्ब रुपैयाँ किसानका लागि छुट्याएको भए पनि अर्थ मन्त्रालयले रकम रोकेको आरोप समितिले लगाएको छ। वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोकिदिन आग्रह गरेका थिए। तर समितिले आन्दोलन नरोकिने तर स्वरूप परिवर्तन गर्न सकिने जनाएको छ।