भारतमा पहिलोपटक महिलाको कलेजोभित्र भ्रूणको विकास, चिकित्सक पनि अचम्ममा
बुलन्दशहर (उत्तर प्रदेश), एजेन्सी। भारतको उत्तर प्रदेशमा एक अत्यन्त दुर्लभ मेडिकल घटना सार्वजनिक भएको छ । बुलन्दशहर जिल्लाको दस्तुरा गाउँकी ३५ वर्षीया एक महिलाको १२ हप्ताको भ्रूण पाठेघरमा नभई कलेजोभित्र विकास भइरहेको पत्ता लागेको छ।
महिलालाई लगातार बान्ता, अत्यधिक थकान र स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उपचारका लागि अस्पताल लगिएको थियो। प्रारम्भिक अल्ट्रासाउन्डमा कुनै विशेष समस्या देखिएन। तर, एक महिनासम्म औषधि खाए पनि सुधार नदेखिएपछि चिकित्सकले पुनः विस्तृत परीक्षण गर्न सिफारिस गरे।
MRI स्क्यानपछि चिकित्सकहरू समेत अचम्ममा पर्ने परिणाम आयो—भ्रूण महिलाको कलेजोको दायाँ भागमा विकास भइरहेको पुष्टि भयो। अझ अचम्मको कुरा, भ्रूणको हृदयधड्कन सक्रिय अवस्थामा देखियो।
दुर्लभ घटना
विशेषज्ञका अनुसार यस्तो अवस्था medically Intrahepatic Ectopic Pregnancy भनिन्छ। यो विश्वभर अहिलेसम्म जम्मा ८ पटक मात्र रिपोर्ट भएको अत्यन्त दुर्लभ केस हो। भारतमा भने यो पहिलोपटक पुष्टि भएको हो।
जोखिम र उपचार
कलेजोमा गर्भावस्था हुनु अत्यन्त जोखिमपूर्ण हुन्छ। कलेजोमा धेरै मात्रामा रक्तसञ्चार हुने भएकाले यसले भयंकर रक्तश्राव, अंग क्षति वा ज्यानसम्मको जोखिम बढाउँछ। यस्तो अवस्थामा तत्काल विशेषज्ञ टोलीको निगरानीमा शल्यक्रिया वा अन्य उपचार आवश्यक हुन्छ।
चिकित्सकको भनाइ
चिकित्सकहरूले यसलाई मेडिकल साइन्सका लागि चुनौतीपूर्ण र अध्ययनयोग्य घटना भएको बताएका छन्। यसले भविष्यमा दुर्लभ गर्भावस्था पहिचान र उपचारका नयाँ उपायहरूबारे अनुसन्धानमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

Comments
Post a Comment