सरकार–उखु किसान वार्ता फेरि असफल...!!
photo ©nepalpress
सरकारले उखु किसानसँग गरेको वार्ता पुनः निष्कर्षविहीन भएको छ। शुक्रबार सिंहदरबारमा भएको छलफलमा कुनै ठोस सहमति नजुटेपछि किसानहरूले आन्दोलन निरन्तरता दिने चेतावनी दिएका छन्।
उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवका अनुसार, वार्तामा किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको माग राखेका थिए। कृषि मन्त्रालयले यसअघि वार्षिक बजेटमै २ अर्ब रुपैयाँ किसानका लागि छुट्याएको भए पनि अर्थ मन्त्रालयले रकम रोकेको आरोप समितिले लगाएको छ।
वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोकिदिन आग्रह गरेका थिए। तर समितिले आन्दोलन नरोकिने तर स्वरूप परिवर्तन गर्न सकिने जनाएको छ।

Comments
Post a Comment